Logo

इन्टरनेशनल बैंकको छैठौं साधारण सभा सम्पन्न, सेयरधनीलाई ९ प्रतिशत बोनस

इन्टरनेशनल बैंकको छैठौं साधारण सभा सम्पन्न, सेयरधनीलाई ९ प्रतिशत बोनस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्कको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सो साधारण सभाले े सेयरधनीहरूलाई ९ दशमलव५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत प्रतिफल दिने प्रस्ताव पारित गरेको छ ।

इन्टरनेसनल डेभपलपेन्ट बैङ्क लिमिटेडको अधिकृत पूँजी २ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेकोमा बोनस सेयर जारी भए पश्चात् बैङ्कको कुल चुक्त पूँजी रू ७७ करोड करोड पुगेको छ ।

बैंकको हाल कायम रहेको संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत लाई ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ३० प्रतिशतलाई ४९ प्रतिशत कायम गर्ने बैंकको छैठौं वार्षिक साधारण सभाले पारित गरेको छ ।

यस बैङ्कको पौष मसान्त सम्ममा निक्षेप सकंलन रु ५ अर्ब २९ करोड र कर्जा लगानी रु ४ अर्ब ६३ करोड रहेको छ । बैङ्कले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखा कार्यालयहरु र १३ वटा एटिएमबाट बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL