Logo

एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा लगानी गर्ने, विन्ड पावर नेपालसँग सम्झौता

एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा लगानी गर्ने, विन्ड पावर नेपालसँग सम्झौता



काठमाडौं । एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्ने भएको छ । कम्पनीले यस्तो परियोजनामा लगानी गर्नका लागि विन्ड पावर नेपाल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रालिबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।

हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ ।

उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।
एनएमबि बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ गर्ने अग्रणी बैंकको नामले चिनिन्छ ।

यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL