Logo

लक्ष्मी बैंकले ग्रीन बचत खाता पुनः सञ्चालन गर्दै, ८.०३% को उच्चतम ब्याजदरसहित थप सुविधा

लक्ष्मी बैंकले ग्रीन बचत खाता पुनः सञ्चालन गर्दै, ८.०३% को उच्चतम ब्याजदरसहित थप सुविधा



काठमाडांै । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्दता अनुरुप ‘गो ग्रीन’ अभियानमासहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिङ खाताको वापत बैंकले एउटा रुख रोप्ने छ ।

यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकको भनाइ छ ।

यो पहल मार्फत बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL