Logo

सनराइजले खरिद गर्यो नारायणी फाइनान्स, चुक्ता पूँजी ४ अर्व भन्दा बढी पुग्ने

सनराइजले खरिद गर्यो नारायणी फाइनान्स, चुक्ता पूँजी ४ अर्व भन्दा बढी पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले नारायणी नेशनल फाइनान्सलाई एक्विजिशन (खरिद) गरेको छ । सोमवार बैंक र फाइनान्सका संचालक समितिको बैंठकले यस्तो निणर्य गरेको हो ।

बैंकले फाइनान्स प्राप्ति गर्ने सम्वन्धमा सोमवार नै सहमति पत्रमा हस्ताक्षर भएको हो । नारायणी खरीदसँगै सनराइजको चुक्ता पूँजी रु. ४ अर्व भन्दा वढी हुने छ । यसैगरी बृद्धी भएको पुंजीमा ३० प्रतिशत मात्रै हकप्रद जारी भएपनि बैंकको चुक्ता पुंजी सवा पांच अर्व पुग्ने देखिन्छ ।

गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंकको कूल निक्षेप रु. ३७ अर्व, कर्जा रु. ३० अर्व रहेको थियो । सो अवधिमा नारायणी नेशनल फाइनान्सको निक्षेप तथा कर्जा क्रमशः ७ अर्व र ६ अर्व रहेको थियो । फाइनान्स खरिद पश्चात बैंकको निक्षेप न्यूनतम ४४ अर्व र कर्जा ३६ अर्व पुग्ने देखिन्छ ।

यस निर्णय अनुसार नारायणी नेशनल फाइनान्स लिमिटेडको शेयर कारोवार तत्काल रोक्का राखी दुवै संस्थाहरुले सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गर्ने छ । यो कार्य यथासम्भव छिटो सम्पन्न गर्ने लक्ष सहित सम्पति दायित्वको मूल्यांकनको निमित्त परामर्शदाता पनि नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैंकले हाल ३० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने उद्देष्यले फागुन २३ गते साधारण सभा बोलाउने गरी सूचना समेत प्रकाशित भै सकेकोमा सो नगरि उक्त संस्थाको प्राप्ती पश्चात् कायम हुने विस्तारित पूँजीमा थप शेयर पुंजी जारि गर्ने सहमति भए अनुसार नै विषेश साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL