Logo

दोलखामा सिटिजन्सको शाखा रहित बैंकिङ सेवा, आइतवारदेखि कारोवार शुरु

दोलखामा सिटिजन्सको शाखा रहित बैंकिङ सेवा, आइतवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंकले दोलखा जिल्लाको बोच गाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले युके एडको लगानीमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउने उद्देश्यका साथ सो स्थनामासेवा विस्तार गरेको हो ।

बैंकले सो शाखारहित सेवाको संचालनका लागि स्थानीय व्यवसायी सरोज थापालाई व्यवसायिक प्रतिनिधि चयन गरेको छ ।

यससँगै शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ सेवाको संख्या ८७ पुगेको छ ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको छ ।

यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL