Logo

सांग्रिला बैंकले २०दशमलव८५ प्रतिशत बोनश दिने, अधिकृत पूँजी २ अर्व ५० करोड रुपैयाँ पुर्याइदै

सांग्रिला बैंकले २०दशमलव८५ प्रतिशत बोनश दिने, अधिकृत पूँजी २ अर्व ५० करोड रुपैयाँ पुर्याइदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले यो वर्ष चुक्ता पूँजीको २०दशमलव ८५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको एघारौं वाषिर्क साधारणसभाले आर्थिक वर्ष ०७१र७२ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २०दशमलव८५ प्रतिशत बोनस दिने निर्णय पारित गरेको हो ।

सो सेयर एनआइबील क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना सेयरधनीलाई वितरण गरिने भएको बताइएको छ । हकप्रद शेयर निष्काशन तथा बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १ अर्व ७ करोड ३४ लाख ५६ हजार हुनेछ ।

साधारणसभाले बैंकको अधिकृत पूँजी २ अर्व ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ ।

यसैगरी चुक्ता पूँजीको समूहगत सेयर स्वामित्व संस्थापक सेयरधनीको ५१ प्रतिशत तथा सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने गरी अनुपात परिवर्तन गर्ने निणर्य पनि भएको छ ।
बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ९ अर्व १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । सो अवधिमा १४ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL