Logo

नबिल बैंक र अमेरिकाको युएसडीएबीच सम्झौता, सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सकिने

नबिल बैंक र अमेरिकाको युएसडीएबीच सम्झौता, सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सकिने



काठमाडौं । नबिल बैंक र अमेकिाको युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडीए)बीच सम्झौता भएको छ । युएसडीए द्धारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडीएसँग सम्झौता गरिएको हो ।

युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्यांकन पछि उक्त कार्यक्रम अन्तर्गत नबिल बैंक सूचीकृत भएको बैंकले जानकारी दिएको छ । उक्त व्यवस्थासंगै नबिल बैंकले युएसडिए बाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ ।

युएसडिए कार्यक्रम अन्तर्गत सामानहरु आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरुको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरुबाट प्रमाणीकरण गरिरहनु नपर्ने भएको बैंकले जानकारी दिएको छ । यसका साथै उक्त व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरुले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्र मार्फत सोझै अमेरिकी बैंकहरुबाट वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रुपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्