काठमाडौं । नबिल बैंकले आगामी जेठ ७ गतेका लागि विशेष साधारणसभा बोलाएको छ। एनबी बैंकसँगको मर्जर प्रक्रियालाई चाँडै टुंग्याउने गरी बैंकले उक्त साधारण सभा बोलाएको हो ।
बिहीबार बसेको बैंकको ५९५ औं संचालक समितिको बैठकले सोही दिन बिहान ११ बजेपछि विशेष साधारणसभा हुने जानकारी दिएको हो ।
विशेष साधारण सभाका लागि लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने तय गरेको छ। एनबी बैंक र नबिल बैंकबीच गाभ्ने, गाभिनेसम्बन्धी सम्झौता यसअघि नै भईसकेको छ ।