Logo

एनआईसी एशिया बैंक र क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई परिक्षण सेवामा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंक र क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई परिक्षण सेवामा २५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबीच सम्झौता भएको छ । बैंकका ग्राहकलचाई क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको हो ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार यस बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहकहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माईक्रोबायोलोजी, हीस्टोप्याथोलोजीलगायतका परिक्षणहरु गर्न सक्नेछन् ।

बैंकले हाल देशभर ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL