काठमाडौं । कुमारी बैंकले विकटमा हेलिकप्टरमार्फत वृद्धभत्ता पुर्याएको छ । आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याएको हो ।
नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने हुन्छ वैशाख १५ गतेका दिन कुमारी बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको ३ जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्याएने कार्य गरेको थियोे ।
गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने, आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस् भनीे सो आयोजना गरेका छौ ं। आगामी दिनमा यसरी सहयोग पुर्याउने कार्यक्रमलाई निरन्तरता समेत दिने उनले बताए ।