Logo

धितोपत्र बोर्डले भन्यो, इन्भेष्टमेन्टको एफपिओ संस्थापक तथा संचालकले किन्न पाउँदैनन्

धितोपत्र बोर्डले भन्यो, इन्भेष्टमेन्टको एफपिओ संस्थापक तथा संचालकले किन्न पाउँदैनन्


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको एफपिओ (फरदर्र पब्लिक इस्यू) बैंकका संस्थापक, संचालक तथा प्रबन्ध संचालकले किन्ने नपाउने बताएको छ । उक्त एफपिओ संस्थापक तथा संचालकले किन्न पाउने वा नपाउने भन्ने विषयमा वहश हुन थालेपछि बोर्डले विज्ञप्ती नै जारी गरेर किन्न पाउने बताएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ अनुसार पूँजी बृद्धि गर्नुपरेमा सर्वसाधारणलाई सेयर विक्री गर्नु पर्ने उल्लेख छ । तर, त्यस्तो सेयर संस्थापक तथा संचालकले खरिद गर्न पाउने वा नपाउने भन्ने विषयमा स्पष्ट व्यवस्था नभएपनि उक्त निर्देशिकाको दफा २९ अनुसार सार्वजनिक निष्काशन भनी छुट्याइएको सेयर संस्थापक तथा संचालकहरुले किन्ने नपाउने बोर्डद्वारा विज्ञप्तीमा उल्लेख छ । तर, आवेदन माग समयावधि भित्र माग अनुरुप आवेदन नपरेको खण्डमा संस्थापकहरुले पनि खरिद गर्न सक्ने बताएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकको एकिकृत इ. प्रा. निर्देशिका अनुसार पनि सार्वजनिक निष्काशन भनी छुट्याइएको धितोपत्र संस्थापक, संचालक तथा प्रबन्ध संचालकले खरिद गर्न पाउने छैनन् । तर धितोपत्रको आवेदन खुला रहेको मिति भित्र आवेदन नपरेको खण्डमा भने सो नियम लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL