Logo

एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तरबैंक कारोवार विद्युतीय प्रणालीमा

एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तरबैंक कारोवार विद्युतीय प्रणालीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबिआई बैक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैकका नायब प्रमुख कार्यकारी अधिकृत भी. के. त्यागी र क्लयरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

यस बैंक अन्तर बैंक विद्युतीय भक्तानी प्रणालीमा आवद्ध भई आधुनिक बैंकिङ सेवा सम्पुर्ण ग्राहकबर्गमा पुराउने उदेश्यले क्लियरिङ हाउससँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गरेको बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार क्लियरिङ हाउसले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि सो प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणाली मार्फत क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा आवद्ध सदस्यहरुले भुक्तानी दिने र लिनेजस्ता कारोबारहरु संचालन गर्न सक्नेछन् । साथै, ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत बैंकका ग्राहकले प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL