Logo

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखराको बगरमा सञ्चालनमा आएको छ ।

बिहीबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो र आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको बताए ।

यसैगरी खरेलले राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनमानसहरूलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL