Logo

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा खुला टेनिस प्रतियोगिता हुने, कुल पुरस्कार ५ लाख बढी

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा खुला टेनिस प्रतियोगिता हुने, कुल पुरस्कार ५ लाख बढी



काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता बैशाख ११ गतेदेखि हुने भएको छ ।

करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुने छ । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुने छ ।

दसै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।

साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL