Logo

खोटाङमा सेञ्चुरीको शाखारहित बैंकिङ, मंगलवारदेखि सेवा शुरु

खोटाङमा सेञ्चुरीको शाखारहित बैंकिङ, मंगलवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले खोटाङको महादेवस्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले मंगलवारदेखि सेवा सुभारम्भ गरेको हो ।

बैंकले यसअघि मोरङको केराबारी, कञ्चनपुरको त्रिभुवनवस्ती, भोजपुरको घोरेटार ९ स्थानमा यसप्रकारको शाखा स१चालन गरिसकेको छ । बैंकले आर्थिक बर्ष २०७२\७३ को पुस मसान्तसम्म कुल निक्षेप रु.२४ अर्व र कर्जा रकम रु. २० अर्व संकलन गरेको छ ।

सो अवधिमा बैंकले १६ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको हालसम्म ३१ शाखा २८ ओटा एटिएम र ११ शाखारहित बैंकिङ सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL