Logo

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा लगानी गर्ने समझदारी

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा लगानी गर्ने समझदारी



काठमाडौं । एनएमबि बैंकको नेतृत्वमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । एनएमबी बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा मोदी जलविद्युत कम्पनीबीच उक्त आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रहने जानकारी गराइएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोन्मेन्ट एन्ड सोसिइल रिस्क म्यानेजमेन्ट २०२२ को निर्देशन अनुसारको निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL