Logo

नेशनल लाईफ २० औं बर्षमा , लाजिम्पाटको व्यापारिक भवन उद्दघाटन

नेशनल लाईफ २० औं बर्षमा , लाजिम्पाटको व्यापारिक भवन उद्दघाटन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो व्यापारिक भवन स्थापना गरेको छ ।   सोमवार कम्पनीको २९ औं वार्षिक उत्सवका अवसरमा बीमा समितिको अध्यक्ष प्रा. डा. फत्तबहादुर केसीले
कम्पनीको लाजिम्पाटस्थित  ब्यापारिक भवनको उद्दघाटन गरे । बीमा समितिको पूर्व स्विकृती लिएर निर्माण गरिएको सो भवनको मूख्य भवनको लागत रु.२० करोड ६१ लाख रहेको छ ।

करीब १६ हजार ७ सय २१ वर्ग फिटको दोहोरो वेसमेण्ट क्षेत्रफलको छ । बेसमेन्ट पार्किङमा करीब ७५ वटा सवारी साधन पार्किङ गर्ने क्षमता सहितको सो भवन भुकम्प प्रतिरोधात्मक रुपमा निर्माण गरिएको छ । यसमा विशेष वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ । त्यस्तै २४ सै घण्टा पावर व्याकअपको सुविधा र सेण्ट्रल एयर कण्डिश्निङको ब्यवस्था मिलाइएको छ ।

सो भवनको कम्पनीले आफुलाई आवश्यक नपर्ने तल्लाहरु दोस्रो पक्षलाई अतिरिक्त आयको लागि उपलब्ध गराएको छ । सो वाट प्रतिफलको हिसाबले पनि सो भवन निर्माण एक उत्कृष्ट लगानी भएको प्रमाणित भएको कम्पनीको दावी छ ।

कम्पनीको चुक्ता पूंजी हाल रु.१ अर्व र लगानी रु. १३ अर्व नाघेको छ । हालसम्मकै उच्च विन्दुमा नेप्से, नागरिक लगानी कोषको साढे १० करोडको कारोवार

प्रतिक्रिया दिनुहोस्
MBL