Logo

सानिमा बैंक र नेत्र ज्योति संघबीच सम्झौता, बैंकले आँखा सम्बन्धी रोगको उपचारमा सहयोग गर्ने

सानिमा बैंक र नेत्र ज्योति संघबीच सम्झौता, बैंकले आँखा सम्बन्धी रोगको उपचारमा सहयोग गर्ने



काठमाडौं । सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच सहकार्यका लागि सम्झौता भएको छ । मंगलबार यी दुई निकायबीच दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रोडा चेतराज पन्तले हस्ताक्षर गरेका छन् ।

यसै क्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखा सम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने छ ।

सानिमा बैंक लिमिटेडले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशका सातै प्रदेशमा १ सय २६ कार्यालय र १ सय १५ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL