Logo

एनएमबि बैंकद्वारा प्राक्टिकल एक्सनको सहयोगमा ५२ हजार थान चुलाे वितरण

एनएमबि बैंकद्वारा प्राक्टिकल एक्सनको सहयोगमा ५२ हजार थान चुलाे वितरण



काठमाडौँ । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाडौँको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलाे वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताको जीवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्सन परियोजनासँग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दी, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मि र स्याङ्गजाका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुलाे वितरण गरेको हो ।

बैंकको भ्यालु बेस्ड बैंकिङको अवधारणा मध्येको ‘नाफाभन्दा अघि मानिसको बारेमा सोच्ने’ (थिङ्क पिपुल बिफोर प्रोफिट) सिद्धान्त अनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्सनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो । यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनासँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL