Logo

बैंकर्स संघले गर्यो भद्र सहमति, आगामी एक हप्ता गाडीलगायत विलासी वस्तुको एलसी नखोल्ने

बैंकर्स संघले गर्यो भद्र सहमति, आगामी एक हप्ता गाडीलगायत विलासी वस्तुको एलसी नखोल्ने



काठमाडौं । नेपाल बैंकर्स संघले विलासी वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । केहि दिन अघि नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर अत्यावश्यक बाहेकका विलासी वस्तुको एलसी तत्कालका लागि नखोल्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नै संघले आगामी एक हप्तासम्म विलासी वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो ।

पछिल्लो समय बढ्दै गईरहेको आयातको व्यापारले वैदेशिक व्यापारघाटा पनि उच्च हुँदै गएको छ । जसका कारण वैदेशिक मुद्रा संचिति घट्दो छ । यसले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको विश्लेषकहरुको भनाई छ ।

संघको आईतबार बसेको बैठकले उक्त समस्या समाधान गर्न उच्च आयात हुने वस्तुहरुमा सन्तुलन कायम राख्नुपर्ने भन्दै एक हप्ता विलासी वस्तुको एलसी बन्द गर्ने निर्णय गरेको एक वाणिज्य बैंकका सीईओले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL