Logo

सनराइज बैंकले ल्यायो नयाँ सेवा , बैंक प्रतिनिधिमार्फत अन्य बैंकमा रकम भुक्तानी गर्न सकिने

सनराइज बैंकले ल्यायो नयाँ सेवा , बैंक प्रतिनिधिमार्फत अन्य बैंकमा रकम भुक्तानी गर्न सकिने



काठमाडौं । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ ।

उक्त सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।

यस्तै बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ प्रतिनिधिमार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्ने भएका छन् ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा दिन बैंक तयार रहेको छ ।

त्यसअन्तर्गत निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जानकारी दिएको छ ।

हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ५९ वटा एटिएम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL