काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् । ४ वर्षको कार्यकाल चैत ३० गते सकिने भएपनि केहिदिन अघिनै उनी बैंकबाट बाहिरिएकी हुन ।
खुञ्जेली २०७४ चैत ३० सिइओमा नियुक्त भएकी थिइन । सोही अनुसार उनको कार्यकाल यहि चैत ३० मा सकिदै छ ।
उनले कार्यकाल पुरा भएपछि बैंक छाडेको बताएकी हुन् । खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो महिला सिइओको पहिचान बनाएकी छन् । अब बाँकी जिवन विश्राममा विताउने योजना रहेको उनले बताईन् ।