Logo

सिटिजन्स बैंकका ग्राहकले बर्दिवास जनसेवा हस्पिटलमा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले बर्दिवास जनसेवा हस्पिटलमा १० प्रतिशत छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई बर्दिवास जनसेवा हस्पिटलमा १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL