Logo

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनलबीच लगानीसम्बन्धी सम्झौता, सुलभ वित्तिय कर्जा उपलब्ध गराउने

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनलबीच लगानीसम्बन्धी सम्झौता, सुलभ वित्तिय कर्जा उपलब्ध गराउने



काठमाडौँ । सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा मंगलबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार पशुपालनसम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।

उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्ध छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउने छन् ।

समाजमा उच्चस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो १९० शाखा कार्यालयहरु, ११४ शाखारहित बैंकिङ्ग सेवाबाट फराकिलोे पहुँच रहेको सिद्धार्थ बैंकले उक्त सम्झौता अनुरुप उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL