Logo

डडेलधुरामा खुल्यो मेगाको शाखा, शाखा संख्या ३० पुग्यो

डडेलधुरामा खुल्यो मेगाको शाखा, शाखा संख्या ३० पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । मेगा बैंक लिमिटेडले डडेल्धुरामा शाखा खोलेको छ । बैंकले डडेलधुराको जोबुढामा आफ्नो ३० औँ शाखा विस्तार गरेको हो ।

दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले डडेलधुरामा शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ । बैंकले सक्षम परियोजनासँगको सहकार्यमा जोगबुढामा शाखा विस्तार गरेको हो ।

डडेलधुरा स्थित सो शाखाको उद्घाटन लुइस बर्जर गु्रपका उपाध्यक्ष चाल्स बेलले गरका हनु् । नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो । जोगबुढामा यो निजी क्षेत्रको पहिलो बाणिज्य बैंक खुलेको हो ।

मेगा बैंकका साना मझौला कर्जा प्रमुख अमित श्रेष्ठले वित्तीय सुविधाबाट वञ्चित नेपालीलाई सेवा दिने उद्देश्यले मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गरिरहेको जानकारी दिए ।

सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ । सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकले दुर्गम क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL