Logo

प्रभुले ल्यायो वेल्थ म्यानेजमेन्ट सेवा,पूँजी बजारदेखि होटलको सेवासम्म छुट

प्रभुले ल्यायो वेल्थ म्यानेजमेन्ट सेवा,पूँजी बजारदेखि होटलको सेवासम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले वेल्थ म्यानेजमेन्ट नामक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा आकर्षक सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो सेवा सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

वेल्थ म्यानेजमेनस सेवा अन्तर्गत बैंकले तोकेको निश्चित रकम बैंकको कुनै पनि शाखामा निक्षेप गर्ने ग्राहकहरुको पहिचानका लागि प्रधान कार्यालयबाट वेल्थ कार्ड जारी गर्नेछ । वेल्थ कार्ड प्राप्त ग्राहकहरुका लागि पूँजीबजार, बीमायोजना,अवकास तथा लगानी कोषलगायतका आर्थिक लाभदायक परियोजना सम्वन्धमा विशेष परामर्श दिइने बताइएको छ ।

सो परामर्श पश्चात लगानीका अवसरउपयोग गरी ग्राहकले उचित प्रतिफल पाउने बैंकको विश्वास छ । त्यसैगरी बैंकबाट उपलब्ध हुने बैंकिङ सेवा सुविधा अन्तर्गत निशुल्क रुपमा क्रेडिट तथा डेविट काड प्रयोग गर्न सक्नेछन् ।

साथै मोवाइल बैंकिङ,विद्युतीय बैंकिङको सेवा र लकरमा समेत विशेष छुट हुने बताइएको छ । वेल्थ कष्टुमरले त्यस्ता कम्पनी तथा सेवा प्रदायक संस्थाबाट उपलब्ध हुने सेवामा विशेष प्राथमिकता तथा सेवा शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।

जस अन्तर्गत पहिलो चरणमा बुद्ध एयर,एयर एसिया,बाजेको सेकुवा,ग्राण्ड होटल,भोजन गृहलगायतले प्रदान गर्ने सुविधामा विशेष आकर्षक छुट प्राप्त गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL