Logo

लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता, व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सहमति

लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता, व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सहमति



काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।

सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका थिए ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै कयूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।

साथै यो सम्झौताल दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्