Logo

नुवाकोट र रसुवामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा, शाखा संख्या ८६ पुग्यो

नुवाकोट र रसुवामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा, शाखा संख्या ८६ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंकले नुवाकोट र रसुवा जिल्लामा शाखा रहित बैंकिङ संचालनमा ल्याएको छ । बैंकले युके एडको लगानीमा संचालित सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यक्रमा उक्त शाखा संचालनमा ल्याएको हो ।

भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणालिमार्फत वित्तीय पहुँच पुर्याउँनको लागि नुवाकोट जिल्लाको ५ वटा गाउ विकास समिति र रसुवाको १ गाविस गरी ६ स्थानमा सो सेवा संचालनमा ल्याएको हो । जस अनुसार नुवाकोटको बेलकोट, राउतबेसि सुनखानी, तारुका, कविलाश र रसुवाको लहरेपौवा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ सेवाको संख्या ८६ पुगेको छ । बंैकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु पनि शाखारहित बैंकिङमार्फत उपलब्ध हुने छ ।

यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL