काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले ३ दिनमै सेयर कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकले कर्जाको लागि कागजात पेश गरेको ३ दिन भित्रै कर्जा प्रवाह गरने बैंकले जानकारी दिएको छ ।
बैंकले न्युनमतम ९ प्रतिशत ब्याजदरमा उक्त कर्जा उपलब्ध गराउने लागेको हो । सो कर्जाको समयावधि १ वर्षको रहने छ भने नविकरणको सुविधा पनि रहेको छ । सो कर्जाको लागि सेवा शुल्क पनि जिरो दशमलव २५ प्रतिशत मात्र लाग्ने छ ।
उपत्यकाका सवै काउण्टरबाट उक्त कर्जा लिन सकिने समेत बैंकले जानकारी दिएको छ ।