Logo

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ७ करोड, व्याज आम्दानी बढ्यो

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ७ करोड, व्याज आम्दानी बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । तर, गत आवको सोही अवधिको तुलनामा भने कमि हो ।

बैंकले गत आवमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बेचेर बढी नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले गत वर्षको तुलनामा ब्याज आम्दानी तथा अन्य आम्दानीमा सुधार गरेको छ भने बैंकले विदेशी विनिमयबाट हुने आम्दानीमा पनि वृद्धि गरेको छ ।

बैंकल सो अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा अनुपात कुल कर्जा प्रवाहको ३ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL