Logo

सनराइज बैंकको स्वास्थ्य बीमा योजनामा विदेशमा गरेको खर्च पनि दावी गर्न सकिने

सनराइज बैंकको स्वास्थ्य बीमा योजनामा विदेशमा गरेको खर्च पनि दावी गर्न सकिने



काठमाडौं । सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिँदै आएकोमा थप सुविधा दिने भएको छ ।

पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्तर्गत दाबी गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुनसक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउँदा लिन सकिने छ ।

बैंकको यस योजनाले हालसम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । बैंकको अनुसार हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।

बैंकले स्वास्थ्य बीमा अन्तर्गत बैंकले स्वास्थ्य बीमा अन्तर्गत अस्पताल भर्ना र ओपिडी खर्च गरी १ लाखसम्मको बीमा दिँदै आएको छ । उक्त बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनुको साथै ५ लाखसम्म दुर्घटना बिमा पनि रहेको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL