Logo

इन्भेष्टमेन्ट बैंकले एफपिओ जारी गर्दै, फागुन ११ गतेबाट आवेदन खुल्ला

इन्भेष्टमेन्ट बैंकले एफपिओ जारी गर्दै, फागुन ११ गतेबाट आवेदन खुल्ला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले फागुन ११ गतेबाट सेयरको नयाँ निस्कासन (एफपिओ) जारी गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका सेयरमा ५ सय १ रुपैयाँ प्रिमियम जोड्दै सेयर जारी गर्न लागेको बताएको छ ।

बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर जारी गर्न लागेको हो । बैंकको १ कित्ता सेयर लिनका लागि सर्वसाधारणले ६ सय १ रुपैयाँ हाल्नु पर्छ ।

लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने बताइएको छ ।

केन्द्रीय बैंकले २०७० फागुन २७ गते निर्देशन जारी गर्दै २०७२ असार मसान्तसम्म अपुग सेयरलाई ३० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो ।

बैंकले आफ्नो सेयर २० प्रतिशतबाट ३० प्रतिशत पुर्याउँदा अपुग हुने ६८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । अहिले बैंकसँग ६ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष हो । फागुन १४ गतेसम्म सेयरका लागि आवेदन दिन पाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL