Logo

२३ अर्ब चुक्ता पुँजीसहित नेपालकै अग्रणी बैंक बन्दै नबिल, अन्य सूचकमा पनि नेपालकै अब्बल बैक बन्ने

२३ अर्ब चुक्ता पुँजीसहित नेपालकै अग्रणी बैंक बन्दै नबिल, अन्य सूचकमा पनि नेपालकै अब्बल बैक बन्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंक गाभेपछि नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकमा अग्रणी बैंकको रुपमा स्थापित हुने छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन(प्राप्ती)पछि हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब भन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा गाभिएपछि नबिल बैंकको प्राथमिक पुँजी ४४ अर्ब भन्दा बढी हुनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएकाे छ ।

यसैगरी छ महिनामा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी भएकाे छ भने एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा गाभिएपछि नबिल बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ ।

एनबी बैंककाे प्राप्तीपछि नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL