Logo

सानिमा बैंक र खल्तीबीच सम्झौता, बैंकका ग्राहकले वालेटमा फण्ड लोड गर्न सक्ने

सानिमा बैंक र खल्तीबीच सम्झौता, बैंकका ग्राहकले वालेटमा फण्ड लोड गर्न सक्ने



काठमाडौं । सानिमा बैंकले ‘खल्ती डिजिटल वालेट’ सँंग सम्झौता गरेको छ । सम्झौतापश्चात सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई सानिमा सजिलो इ–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न सकिने भएको छ ।
यसका साथै सानिमा सजिलो ई–बैंकिङ एप मार्फत चेक आउट गर्न सकिने बैंकले जानकारी दिएको छ । उक्त साझेदारीसँगै बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्ने भएका छन ।

सम्झौता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आफ्ना ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्ने लागि अवसर भएको बताए । उनले उक्त सहकार्यले समस्त बैंक तथा वालेटका ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुर्याउने आशा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL