काठमाडाैँ । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ-बैंकिङमा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ ।
सजिलो इ-बैंकिङ प्रयोगकर्ताहरूले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गरेको हो ।
यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने बैंकले दाबी गरेको छ । सानिमा बैंकले १२४ शाखा कार्यालय र १११ वटा एटीएम संचालनमा गरिरहेको छ ।