Logo

सोसाइटीको चन्द्रपुर शाखा स्थानान्तरण, आधुनिक बैंकिङ सेवा प्रदान गरिने

सोसाइटीको चन्द्रपुर शाखा स्थानान्तरण, आधुनिक बैंकिङ सेवा प्रदान गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंकले रौतहटको चन्द्रपुरमा रहेको आफ्नो शाखा कार्यालयलार्य स्थानान्तरण गरेको छ । बैंकले शाखालाई आधुनिक रुपमा स्तरबृद्धि गर्ने उद्देश्य अनुरुप स्थानान्तरण गरेको हो । रौतहटको चन्द्रपुर ३ मा रहेको उक्त शाखालाई सोही नगरपालीकाको १ नम्बर वडामा सारिएको छ ।

बैंक संचालक समितिका अध्यक्ष सूशिलराज पराजूलीले एक समारोहकावीच उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेका थिए । आगामी दिनमा ग्रामीण क्षेत्रमा समेत बैंकको शाखा संजाल विस्तार गरिने पराजुलीले जानकारी दिए ।

सेवाग्राहीमा आधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप शाखा स्थानान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले बताए । ‘शहरमूखी भन्दा पनि बैंकले तराई क्षेत्र भित्रका ग्रामीण क्षेत्रमा बैंकले आफ्नो सेवा विस्तार गर्नेछ,’ उनले भने, ‘बैंकले स्थानीय स्तरमा संकलित बचतलाई स्थानीय रुपमै परिचालन गर्ने छ ।’

केन्द्रीयकार्यालय काठमाडौमा रहेको उक्त बैंकले देशभर ३० शाखा कार्यालय, १ एक्सटेन्शन काउन्टरगरी कुल ३१ संजालबाट बैंकिङ सेवा दिँदै आएको छ । बैंकले पुस मसान्तसम्म कुल ६ अर्ब ३५ करोड निक्षेप संकलन गरी ५ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ । यसैगरी पुस मसान्तसम्ममा १० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL