Logo

माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जकाे आदर्शनगरमा, एटीएम सेवा पनि उपलब्ध

माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जकाे आदर्शनगरमा, एटीएम सेवा पनि उपलब्ध



काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL