Logo

ग्लोबल आइएमईले ल्यायो मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’, ‘विजयी भव’ सहित नेपाल आइडलमा भोट गर्न सकिने

ग्लोबल आइएमईले ल्यायो मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’, ‘विजयी भव’ सहित नेपाल आइडलमा भोट गर्न सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि भोटिङ गर्न मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ ल्याएको छ । गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकका ग्राहकले उक्त एप प्रयोग गरी भोट गर्न सक्नेछन् ।

‘बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ’ बैंकद्वारा विज्ञप्तीमा भनिएको छ, ‘ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याएको हो ।’

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL