Logo

दक्षिणकालीमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, १ सय जना लाभान्वित

दक्षिणकालीमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, १ सय जना लाभान्वित



काठमाडौं । सनराइज बैंकको फर्पिङ शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम सनराइज बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)सँग सहकार्य गरी आयोजना गरेको हो ।

करिब १ सय जना स्थानिय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो ।

कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपाल, नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिहरुले बिभिन्न विषयमा सहभागीहरुलाई साक्षरता प्रदान गरेका थिए । केही समय अघि सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियान समेत गरेको थियो ।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस् भन्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ५९ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL