काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नारायणी सामुदायिक अस्पतालबीच द्विपक्षीय सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्न उक्त सम्झौता गरेको हो ।
सम्झौता अनुरुप एनसीसी बैंकका ग्राहक र कर्मचारीहरुले चितवनमा रहेको उक्त अस्पतालको ओपीडी र अन्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । तर, त्यसमा औषधि खरिद, सीटी स्क्यान र प्रत्यारोपण सेवा भने समावेश नगरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका ग्राहक र कर्मचारीले उक्त छुट पाउन डेबिट /क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्नेछ । देशभर शाखा सञ्जाल रहेको बैंकले ७ वटै प्रदेश मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले बिगत २५ बर्षदेखि सर्बसाधारणमाझ बैकिङ सेवा प्रवाह गर्दै आएको छ । यसका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको बैंकले जानकारी दिएको छ ।