काठमाडौं । कामना सेवा विकास बैंकले पेवेल इन्डोर क्रिकेट लिगका को उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधी जितेको हो । सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो ।
फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।
फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरीज कामना सेवा कै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एस.वि.आइ बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स् मेन माछापुच्छ्रे बैंकका निशेष के.सी. भएका थिए ।
कामना सेवाविकास बैंकले स्वस्थ शरीर स्वस्थ मस्तिष्क मात्र होइन खेलकुदले सामाजिक एकता र समृद्धिको आधारशिला समेत तयार पार्दछ भन्ने कुरालाई आत्मसात् गरी आफ्ना कर्मचारीहरुलाई नियमित कामको अतिरिक्त उनिहरुको व्यक्तिगत चाहना र क्षमताको कदर गर्दै विभिन्न खेलकुद लगायत अन्य रचनात्मक कार्यहरुमा समेत सहभागी गराउंदै उनिहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।