काठमाडौँ । प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज देखि सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् ।
यो सुविधा हालको लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ ।
यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयरबाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् ।
फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ ।
यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ ।