Logo

सेञ्चुरी बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद स्वीकृत

सेञ्चुरी बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद स्वीकृत


बिजखबर संवाददाता
27
Shares

सेञ्चुरी कमर्सियल बैंकले ९ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्दै साधारणसभा सम्पन्न गरेको छ ।

यस्तै बैंकको पाचौं साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना संचालक समेत चयन गरेको छ । जसमा लक्ष्मणकुमार श्रेष्ठ, उमाकुमारी श्रेष्ठ, राजेशराज दली र महेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा एटीएम्, ९ वटा शाखारहित बैंकिङ र २ वटा एक्सटेन्सन् काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL