Logo

अर्थमन्त्री भारतबाट फर्केपछि राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने

अर्थमन्त्री भारतबाट फर्केपछि राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेल भारत भ्रमण सकेर फर्केपछि मात्र नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने भएको छ । लामो सामयदेखि रोकिएको डेपुटी गभर्नर नियुक्ती अर्थमन्त्रीको भारत भ्रमण पछि मात्र सार्थकता पाउने भएको छ । अर्थ मन्त्री पौडेल आइतबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

तत्कालीन डेपुटी द्वय महाप्रसाद अधिकारी र गोपालप्रसाद काफ्लेको पुसको दोस्रो हप्ता नै कार्यकाल सकिएपनि अर्थमन्त्री र गभर्नरबीच समहमति हुन नसक्दा सिफारिस समेत हुन सकेको थिएन । तर, हाल गभर्नरले डेपुटीका लागि ४ जनाको नाम सिफारिस गरेपनि २ पटकसम्मको मन्त्रीपरिषद बैंठकले नियुक्ती गर्न सकेन । मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्ती गर्न नसक्दा सरकारले ल्याएको आर्थिक पुर्नउद्दार कोष सञ्चालनमा समेत कठिनाई भएको छ ।

अर्थ मन्त्रीको भारत भ्रमण पछिको मन्त्रीपरिषद्को पहिलो बैंठकले नै डेपुटी गभर्नर नियुक्ती गर्ने अर्थ मन्त्रीका प्रस सल्लाहाकार मोहन चापाइगाईले जानकारी दिए । ‘डेपुटी नियुक्तीको सम्बन्धमा अर्थ मन्त्री र गभर्नरबीच एक किसिमको सहमति भइसकेको छ,’ उनले भने, ‘तसर्थ भारत भ्रमण लगत्तै डेपुटी गभर्नर नियुक्तीले पूर्णता पाउने छ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले झण्डै २ साता अघि डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेका थिए । जसमा त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका छन् ।

डेपुटी गभर्नरमा चार जना सिफारिस, पंगेनी र शिवाकोटीको सम्भावना वलियो

अर्थ मन्त्री र गभर्नरबीच कुरा नमिल्दा डेपुटी गभर्नर नियुक्तीमा ढिलाई

 

प्रतिक्रिया दिनुहोस्