Logo

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, शाखारहित सेवा संख्या २७४ पुग्यो

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, शाखारहित सेवा संख्या २७४ पुग्यो



कठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।

बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका– ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका – १, देउराली बजार तथा – ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका – ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका – ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका – ४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका – ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका – ६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL