Logo

एक हप्तामा ६ अर्ब लगानी हुँदा निक्षेप संकलन शुन्य

एक हप्तामा ६ अर्ब लगानी हुँदा निक्षेप संकलन शुन्य



काठमाडौं । गत हप्ता बैंकहरुले ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो हप्तासम्म बैंक तथा वित्तीय संस्थाहरुले ४१ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेपनि गत हप्ताको अन्त्यसम्म भने त्यो बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो । यसबीचमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ६ अर्ब रुपैयाँ लगानी गरेका छन् भने पछिल्लो एक महिनामा यस्तो लगानी ११ अर्ब बराबरको गरेको तथ्यांकमा देखिन्छ ।

यस अवधिमा बैंकहरुमा संकलन हुने निक्षेपको परिमाण भने बढेको देखिँदैन । संघका अनुसार अघिल्लो हप्तासम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा गत हप्ताको अन्त्यसम्म पनि निक्षेप संकलन बढ्न नसकेको हो । यस्तो निक्षेप पछिल्लो एक महिनामा पनि स्थिर नै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL