Logo

सिटिजन्सको शाखारहित सेवा दोलखामा, सेवा संख्या ८० पुग्यो

सिटिजन्सको शाखारहित सेवा दोलखामा, सेवा संख्या ८० पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले दोलखाको सुस्माछमावतीमा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको सो शाखारहित शाखाको सेवा संचालनका लागि स्थानीय व्यवसायी ढालबहादुर कार्कीलाई व्यवसायिक प्रतिनिधि चयन गरेको छ ।

वैंकले युकेएडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँने उद्देश्यका साथ शाखा विस्तार गरेको हो ।

यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाको संख्या कुल ८० पुगेको छ ।

शाखा रहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL