Logo

कामना सेवाले दोस्रो त्रैमासिकमा गर्यो करिब १ अर्ब खुद सञ्चालन आम्दानी, यस्ता छन् अन्य सूचक

कामना सेवाले दोस्रो त्रैमासिकमा गर्यो करिब १ अर्ब खुद सञ्चालन आम्दानी, यस्ता छन् अन्य सूचक



काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथ करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ ।

यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७% मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ ।

प्रतिक्रिया दिनुहोस्
MBL