Logo

डेपुटी गभर्नरमा चार जना सिफारिस, पङ्गेनी र शिवाकोटीको सम्भावना बलियो

डेपुटी गभर्नरमा चार जना सिफारिस, पङ्गेनी र शिवाकोटीको सम्भावना बलियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले रिक्त रहेको दुई जना डेपुटी गभर्नरका लागि चार जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ । सिफारिस नाम मध्य त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका छन् । यसमध्य पङ्गेनी र चिन्तामणी शिवाकोटीको सम्भावना बलियो रहेको राष्ट्र बैङ्क स्रोतले जानकारी दिएको छ । पङ्गेनी काङ्गे्रस र शिवाकोटी एमाले कोटाबाट सिफारिसमा परेका हुन् । बाँकी दुई जना पनि काङ्गे्रसकै सिफारिसमा परेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल र गभर्नर चिरञ्जिवी नेपालबीच राजनीतिक भागबण्डा नमिल्दा लामोसमय सम्म राष्ट्र बैङ्कमा दुई जना डेपुटी गभर्नरको पद रिक्त रहेको थियो । मन्त्री पौडेलले दुई मध्य एक जना आफ्नै पार्टी एमालेबाट हुनुपर्ने अडान लिदैं आएका थिए । गभर्नरको अनुपस्थितीमा डेपुटी गभर्नरले केन्द्रिय बैङ्क सम्हाल्ने गर्छन् ।NRB

प्रतिक्रिया दिनुहोस्
MBL