Logo

ग्लोवल आईएमईको नाफा ४१ प्रतिशतले बढ्यो, संचालन खर्च घट्यो ब्याज आम्दानी बढ्यो

ग्लोवल आईएमईको नाफा ४१ प्रतिशतले बढ्यो, संचालन खर्च घट्यो ब्याज आम्दानी बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोवल आईएमई बैंकले चालू आवको दोस्रो त्रैमासिकमा ७६ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

बैंकको खुद व्याज आम्दानी गत वर्ष भन्दा १४ दशमलव ७८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले सो अबधिमा ६३ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्कृय कर्जा १ दशमलव ६४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL